|

भक्तपुर : हनुमन्ते नदी सफाइको तेस्रो साता शनिबार ठिमीस्थित राधेराधे क्षेत्रमा सरसफाइ गरिएको छ। अभियानको नेतृत्व गरिरहेका सांसद् महेश बस्नेतका अनुसार १०० हप्तामा सफा पार्ने लक्ष्यका साथ अभियान शुरू गरिएको हो।

नदीमा फोहोर फाल्ने र ढल हाल्नेलाई कारबाही गर्ने, नदीले छोडेको सार्वजनिक जमिनमा उद्यान बनाउने लक्ष्य राखिएको छ। हाल नदीको दायाँबायाँ ढलको पाइप राख्ने काम सुरु भएको छ।

तेस्रो साताको कार्यक्रममा कलाकार सांसद् बस्नेत, दीपकराज गिरी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, मध्यपुर र सूर्यविनायक नगरपालिकाका प्रमुख, विज्ञापन एजेन्सी संघका राजकुमार भट्टराई, नेपाल वातावरण पत्रकार समूहका पूर्वअध्यक्ष तथा नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष तीर्थ कोइराला र माछापुच्छ्रे बैंकका गोपी न्यौपानेलगायतको सहभागिता थियो।

राजधानी उपत्यकामा बग्ने नदीमध्ये वस्ती बढेका कारण द्रुतगतिमा फोहोर हुँदै गएकाले तीन साताअघि मन्त्री लालबाबु पण्डितले सफाइ अभियान सुरु गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.