|

लहान : ट्राफिक प्रहरीले एक दिनमै नियम उल्लंघनले गर्ने ११८ मोटरसाइकल चालकलाई कारवाही गरेको छ। मोटरसाइकल दुर्घटना कम गर्न ट्राफिक प्रहरीले गरेको चेक जाँचमा नियम उल्लंघन गरी चलाइएका मोटरसाइकल कारवाहीमा परेका हुन्। 

सिरहाको लहानस्थित इलाका प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले शुक्रबार ट्राफिक नियम उल्लंघन गरी चलाइएका मोटरसाइकल नियन्त्रणमा लिई कारवाही गरेको छ। 

शुक्रबार लहान क्षेत्रमा बिनाहेलमेट चलाइएका ३०, दुई जनाभन्दा बढी चढेका १० र ब्लुबुक, सवारी चालक अनुमतिपत्र नभएका ७८ वटा मोटरसाइकल नियन्त्रणमा लिई कारवाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख प्रहरी निरीक्षक रुद्रप्रसाद चुडालले बताए। चुडालका अनुसार कारवाही गरिएका मोटरसाइकल धनीबाट जरिवाना स्वरुप ७१ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानको तथ्यांकअनुसार दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल बढी रहेको छ। चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्मको अवधिमा भएका २४२ सवारी दुर्घटनामध्ये १४७ वटा मोटरसाइकल दुर्घटना रहेको छ। उक्त अवधिमा ट्राफिक नियम उल्लंघनमा परेका १८ हजार १५० सवारी साधनमध्ये १० हजार १९७ वटा मोटरसाइकल रहेको तथ्यांक छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.