समाज : सुरक्षा/अपराध

क्यान्सर अस्पतालका कानुनी अधिकृतमाथि डिजेल छर्केर आगो लगाउने प्रयास
SHARES

भागेर जोगिएँ : सापकोटा

जिउँदै आगो लगाउने प्रयास गरिएका अस्पतालका कानुनी अधिकृत गोकर्ण सापकोटा।
चैत ३, २०७४

    चितवन :  चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कानुनी अधिकृत गोकर्ण सापकोटामाथि डिजेल छर्किएर आगो लगाउने प्रयास भएको छ।शनिबार बिहान करिब ९ बजेको समयमा भरतपुरको माछापुछ्रे चोकनजिकै आगो लगाउने प्रयास भएको सापकोटाको भनाइ।

    मोटरसाइकलमा विहान भरतपुरको कटरचोबाट घरजाने क्रममा २ वटा मोटरसाइकलमा आएका ४ जनाले आफुलाई रोकेर कुटपिट समेत गरी डिजेल छर्किएर आगो लगाउन खोज्दा आफू भागेर जोगिएको सापकोटाले बताए।

    सो घटनामा प्रयोग गरिएको अस्फावेट नखुलेको ८२९४ नम्बरको एउटा निलो पल्सर मोटरसाईकल रहेको खुलेको र संलग्नहरुको खोजी भइरहेको चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

    पेट्रोल छर्किएर आगो लगाउने प्रयास भएको र आफु भागेर ज्यान जोगाउन सफल भएको उनको भनाइ उद्यृत गर्दै चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

    घटनास्लमा नेपाल कम्युनिस्ट पार्टीको नाममा अस्पतालको आन्तरिक व्यवस्थापनसम्बन्धी विषय लेखेर छाडिएको पर्चा फेलापरेको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]