|

पर्वत : धेरैलाई लाग्छ कि कारागारमा बसेर कैदी जीवन बिताइरहेका कैदीहरू कसरी समय कटाउँदा हुन्। तर, जिल्ला कारागार पर्वतमा रहेका कैदी बन्दीहरूको समय भने आम्दानीका काम गरेर नै बित्ने गरेको छ। बिभिन्न अपराधपछि सजायँ भोग गर्दै कारागारमा बसिरहेका उनीहरूले बस्नका लागि बाँसबाट निर्माण गरिने मुडा, पूmलडाली बनाएर तथा कपडा सिलाएर घरमा रहेका आफन्तहरूलाई समेत पैसा पठाउने गरेका छन्। 

कारागारमा रहेका ७२ जना कैदी बन्दीहरूमध्ये झण्डै ९० प्रतिशतले मुडा बुनेर बन्दी जीवनमै पैसा घरमा पठाउने गरेका कैदी नाइके बिनोद सुवेदीले बताए। कामले मान्छेलाई सुधार्ने रहेछ भन्दै नाइके सुवेदी भन्छन्, ‘काममा व्यस्त भएपछि अपराध मानसिकता नै हराउँने रहेछ। यहाँका ९० प्रतिशत साथीहरूले मुडा बुन्छन्, कपडा सिलाएर पैसा कमाउनेहरू ५ जना छन्।’

मुडा बुन्दै गरेका सुवास बि.क. आपूm जेलमा बस्नु परेकोमा पछुतो मान्दै भन्छन्, ‘मान्छे खाली बस्यो भने नराम्रो सोच आउँने रहेछ। अहिले यहाँ हामी बिहानदेखि बेलुकासम्म नै मुडा बनाएर बस्छौँ। खाजा खाने पनि फुर्सद नै छैन।’ कारागारलाई सुधार गृह जस्तो बनाइएको र यातना नदिई आम्दानीमा प्रशासनले समेत सघाउने गरेकोमा खुसी हुँदै उनले सुनाए, ‘घरमा श्रीमती, आमा र छोराछोरी छन्। घरको अवस्था नाजुक छ। यहाँ आएसी मुडा बुन्न सिकेँ, अहिले यहाँभित्र मैले खाएको चिया र खाजाको खर्च अनि मुडाका लागि गरेको लगानी कटाएर महिनाको ५÷६ हजार रुपैयाँ घरमा पठाउने गरेको छु।’

मुडा बुन्नमा सिपालु कैदी नारायण बि.क.ले पनि मासिक झण्डै ५ हजार रुपैयाँ घरमा पठाउने गरेको जानकारी दिए। नारायण भन्छन्, ‘हामीले महिनामा लगभग ५ सय मुडा बनाउँछौँ, ती सबै बिक्री हुने गरेका छन्। बिक्री नभएर गोदाममा थन्किए भन्ने अहिलेसम्म परेको छैन।’

कारागारमा कतिपयले व्यक्तिगत रुपमा मुडा बनाएर ब्यपार गर्छन् भनी केहीले एउटा समूह निर्माण गरेर पनि मुडा बनाउँछन्। सामूहिक रुपमा निर्माण गर्नेहरूले सबै मुडा बिक्री भएपछि आएको नाफालाई बराबर भाग लगाएर पैसा बाँड्ने गरेका छन्। अन्य जिल्लाको तुलनामा बढी मुडा पर्वतमा उत्पादन हुने र कुश्मा बजार बाहेक बागलुङ र म्याग्दीसम्म पनि बिक्री हुने गरेको कैदीहरू बताउँछन्। कैदी जीवन बिताइरहेका आधा भन्दा बढीले घरमा पैसा पठाउने गरेको जेलर मोहनप्रसाद उपाध्यायको भनाई छ।

कारागारमै कपडा सिलाउँदै गरेका मोहन सुनार पनि भित्रै बसेर आम्दानी गर्न पाउँदा आर्थिक अवस्था पनि राम्रो बनेको र आफू पनि सुधारिएको बताउँछन्। मोहन भन्छन, ‘कुश्मा बजारका टेलरिङ पसलले कोटा गनेर वा ठेक्कामा नै कपडा सिलाउन ल्याउँछन्, मलाई कोट र पाइन्ट सिलाउन भ्याई नभ्याई हुन्छ। आर्थिक रुपमा सन्तुष्ट नै छु। यत्ति नै पैसा आउँछ त नभनुँ तर हामीलाई चित्त बुझाएर सिलाएको पैसा दिने गरेका छन्।’ 

जिल्ला कारागारका जेलर मोहनप्रसाद उपाध्यायले कारागारलाई सुधार गृहका रुपमा विकास गरिएका कारण पनि कैदी बन्दीहरूमा काम गर्ने जाँगर चलेको सुनाउँछन्। ‘कारागार प्रशासनदेखि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले पनि कै बन्दीलाई सुधार्नका लागि विशेष चासो राखिरहेका कारण उनीहरूले यहीँबाट आम्दानी गर्न सक्ने भएका हुन्।’ उनी भन्छन्, ‘मुडा बुन्न बाँस खरीद गर्नेदेखि मुडा र फूलडाली बिक्री गर्नका लागि बजारको व्यवस्थापनमा कार्यालयका सबै कर्मचारीहरूले उनीहरूलाई सघाउने गरेका छौँ।’ 

करिब ३०/३५ जना मात्र बस्न मिल्ने कारागारमा अहिले ७२ जना राखिएका कारण आपूmहरूलाई बस्नमा भने अटस मटस भएको कैदीहरूको गुनासो छ। काम गर्ने सीप नभएकाहरूले भने भलिबल, बोर्ड लगायतका खेल खेल्ने तथा टेलिभिजन हेरेर समय बिताउने गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.