|

गुल्मी : गुल्मीको सदरमुकाम तम्घास नजिकैको रेसुंगा वन क्षेत्रमा मंगलबारदेखि लागेको आगो नियन्त्रणमा आएको छ।  मंगलबार साँझापख सयौँ रोपनी क्षेत्रफल रहेको रेसुंगा वन क्षेत्रको गौशलाबाट सल्किएको आगो नियन्त्रणका लागि नेपाली सेना वीरभद्रजंग गुल्म धागीथुम ब्यारेक, सशस्त्र प्रहरी बल गुल्म उर्लेनी, जिल्ला प्रहरी कार्यालयको टोली र सदरमुकाम तम्घासका वासिन्दा खटिएर पूर्णरूपमा नियन्त्रणमा ल्याइएको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताए। 

अर्यालका अनुसार आगो कसले र कसरी लागेको भन्नेबारेमा अनुसन्धान भइरहेको छ। आगो नियन्त्रणमा ल्याउनका लागि खटिएका सुरक्षाकर्मी, सामुदायिक वनका पदाधिकारी, जनप्रतिनिधिहरू लगायत  सम्पूर्णलाई अर्यालले धन्यवाद दिए। त्यहाँ अरबौँ मूल्य बराबरको धार्मिक तथा भौतिक संरचना रहेको छ। आगलागी नियन्त्रणमा खटिनेका लागि गुल्मी उद्योग बाणिज्य संघ गुल्मीले चाउचाउ, बिस्कुट, चिउरा र पानीको व्यवस्था गरेको उद्योग बाणिज्य संघ गुल्मीका कार्यसमिति सदस्य चेत नारायण पाण्डेले जानकारी दिए। ९० हेक्टर जंगलमा  आगलागी  भएको जिल्ला वन अधिकृत कृष्णराज न्यौपानेले जानकारी दिए।

 बिहीबार राति परेको पानीले पनि आगो नियन्त्रणमा लिन केही सजिलो भएको न्यौपानेले जानकारी दिए। आगलागीका कारण वनमा रहेका ससाना बिरुवाहरू जलेर नष्ट भएको पनि न्यापानेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.