|

काठमाडौं : विभिन्न कार्यक्रम गरी शनिबार काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइएको छ। नेपाली सेनाले घोडेजात्राका अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम सम्पन्न गर्‍यो। राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका विशिष्ट व्यक्तिको उपस्थितिमा गरिएको घोडेजात्रा ट्रिक राइड र बग्गीबाट सुरु भएको थियो। समारोहमा नेपाली सेनाले घोडा दौड र अश्वकला प्रदर्शन गरेको छ।

गुरुमापा भन्ने तुण्डि नामक राक्षसले केटाकेटी खाएर आतंकित पारेपछि शहरवासीले अनेक उपाय लगाएर राक्षसको संहार गरेको तर शहरवासीले राक्षसको आत्मा टुँडिखेलको पूर्व दक्षिणमा रहेको रुखको फेदमा जीवितै रहेको विश्वास गरेका कारण गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउन घोडेजात्रा पर्व मनाउन थालिएको जनविश्वास छ।

घोडेजात्राका अवसरमा टुँडिखेलमा देखिएका केही दृश्य झलक:

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.