|

काठमाडौं : टुँडिखेलस्थित सैनिक मञ्चमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रमहरूसहितको राष्ट्रिय पर्व ‘घोडेजात्रा समारोह सम्पन्न भएको छ। 

उक्त समारोहको क्रममा अश्वकलाका विविध रोचक कार्यक्रमहरू राईड पास, ब्यानर डिस्प्ले, टाङ्गन घोडा दौड, नेपाली सेना र नेपाल प्रहरीको चार्जर घोडा दौड, साईकल रेश, शो जम्प, क्याभल्री राईड, टेण्ट पेगिङ्ग, क्रस टेण्ट पेगिङ्ग, लान्स हिट प्याक, लान्स सुईरो र क्रिज, स्वर्ड एण्ड वाटरमेलन, लान्स ड्रिल, सुरक्षात्मक कारवाहीमा रिसल्लाको प्रयोग, रेन फ्रि जम्प तथा महिला सिक्स वार, भल्टिङ्ग एण्ड एक्रोब्याटिक्स तथा हर्ष पि.टि., म्युजिकल राइड, क्रसकन्ट्रि र कम्बाईण्ड फायर जम्म तथा ट्रिक राईड प्रदर्शन गरिएको थियो। साथै उक्त कार्यक्रममा डग सो अन्तर्गत विविध रोमाञ्चक कलाहरू समेत प्रदर्शन भएको थियो । 

पश्चात समारोहका प्रमुख अतिथि राष्ट्रपतिबाट म्यूजिकल राइडमा प्रथम हुने घोडसवार सह सेनानी मधु शाह र द्वितिय हुने घोडसवार सह सेनानी कृष्ण बासि तथा शो–जम्पमा प्रथम हुने घोडसवार अम. खिलध्वज खड्का र द्वितिय हुने घोडसवार सह सेनानी सज्जनध्वज थापालाई शिल्ड प्रदान प्रदान गरिन। 

कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, कामु प्रधानन्यायाधीश, नेपाल सरकारका मन्त्रीहरू, नेपाल सरकारका सचिवहरू, राजदूतहरू, अन्य सुरक्षा निकायका प्रमुखहरू, पूर्व प्रधानसेनापतिहरू, विभिन्न विदेशी दूतावासका सैनिक सहचारीहरू, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथी अधिकृतहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ अधिकृतहरू, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.