कहिले कति पर्यटक

|

काठमाडौं: सरकारले झण्डै आठ वर्षदेखि प्रत्येक वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष राखेता पनि यो वर्ष मात्रै १० लाख पर्यटकले नेपाल भ्रमण गरेका छन्। १० लाख पर्यटक आगमन गरेसँगै सरकारले अर्को लक्ष्य निर्धारण गरेको छ। 

जस अनुसार सरकारले  सन् २०२० भित्र वार्षिक १५ लाख पर्यटक भित्र्याइने लक्ष्य राखेको छ। यसको लागि सन २०२० लाई 'भिजिट नेपाल इयर' रुपमा अभियान चलाउने भएको छ। सरकारले सन् २०१७ मा करिब १० लाख पर्यटक भित्र्याउन सरकार सफल भएको छ। 

कहिले कति पर्यटक आए नेपालमा
सन् १९९८ देखिको १० लाख पर्यटक पुर्‍याउने  लक्ष्य सन् २०१७ मा मात्रै पूरा भएको छ। यसबीचमा सबैभन्दा बढी सन् २०१२ आठ लाख पर्यटक नेपाल आएका थिए।

सन् २०१५ मा गएको गोरखा भूकम्प र नाकाबन्दीका कारण पर्यटकको संख्यामा कमी आएको थियो। सन् २०१६ मा साढे सात लाखको हाराहारीमा विदेशी पर्यटक नेपाल आएका थिए। 

सरकारले ‘भिजिट नेपाल १९९८’, ‘नेपाल टुरिजम इयर २०११’, ‘भिजिन युरोप–२०१७’ तथा सन् २०१७ लाई नै घुमफिर वर्ष मनाएको थियो। 

५० लाख पर्यटक भित्र्याउने गठबन्धनको लक्ष्य
वाम गठबन्धनले चुनावी घोषणा पत्र तयार पार्दा ५० लाख पर्यटक पुर्‍याउने  उल्लेख गरेको छ। गठबन्धनकै सरकार भएकाले आगामी सन् २०३० भित्र वार्षिक ५० लाख पर्यटक पुर्‍याउन यस्ता अभियानले महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। 

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पदबहालीका क्रममा पहिलो नीतिगत निर्णय गर्दै सन् २०२० मा १५ लाख पर्यटक पुर्‍याउने लक्ष्यसहित प्रवर्द्धनात्मक अभियानलाई तीव्रता दिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.