|

काठमाडौं : नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नतिका लागि योग्यता पुगेर पनि अतिकम विकसित मुलककै सूचीमा रहेने भएको छ। सयुक्त राष्ट्र संघीय विकास नीति समितिले तोको बोमोजि चार मापदण्ड पुरा गरेपनि आर्थिक तथा राजनीति चुनौति कायमै रहेकोले समितिले स्तरोन्ती नगर्ने निर्णय लिएको छ। 

यसअघि नेपाल सरकारको तर्फबाट नै स्तरोन्नति नगर्न सयुक्त राष्ट्र संघमा पत्र पाठइएको थियो। राष्ट्रिय योजना आयोगले योजना आयोगले अहिले नेपालले प्राप्त गरेका सूचाङकहरु दिगो नभएको जानकारी गराउँदै २०२२ मा मात्र स्तरोन्नति हुने धारणा पठाएको थियो। यो निर्णयसँगै नेपाल अझै ३ वर्ष अतिकम विकसित मुलुककै रुपमा रहने भएको छ। मार्च १२ देखि १६ सम्म अमेरिकाको न्यूयोर्कमा बसेको समितिको वैठकले ४ वटा देशलाईमात्र विकासोन्मुख देशमा स्तारोन्नतिका लागि सिफारिस नगर्ने निर्णय गरेको हो। 

सबै सूचांक पूरा गरेर पनि नेपाल र टिमोर लेस्ट स्तारोन्नतिका लागि सिफारिस नभएका हुन्। विकासोन्मुख मुलुकमा रूपान्तरण हुनको लागि आय १२०० अमेरिकी डलर, ह्युमन एसेट्स इन्डेक्स ६६ माथि र इकनोमिक भ्लनेराविलिटी इन्डेक्स ३२ तल हुनुपर्ने हुन्छ।

हाल नेपालको आय ६२० अमेरिकी डलर, ह्युमन एसेट्स इन्डेक्स ६८.७ र इकोनोमिक भ्लनेराविलिटी इन्डेक्स २६ छ। यी तीन न इन्डेक्समा दुई वटामा तोकिएको लक्ष्य पुरा गरेमा विकासोन्मुख राष्ट्रमा स्तरोन्नती हुने राष्ट्रसंघको व्यवस्था छ। नेपालले प्रतिव्यक्ति आयमा मात्र लक्ष्य पूरा नगरे पनिप अन्य दुईमा भने लक्ष्य पूरा गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.