|

काठमाडौं : पूर्वसभामुख तथा एमाले नेता सुवासचन्द्र नेम्वाङले संविधान संसोधनको माग र मुद्दा असान्दर्भिक बन्दै गएको बताएका छन्।

बयरवन-केरौन सेवा समाज मोरङद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनले ९० प्रतिशत सांसदले पारित गरेको संविधानलाई अस्वीकार गर्दै आएका मधेसवादी दलका नेता महन्थ ठाकुरले यो संविधानले व्यवस्था गरे अनुसार सांसदलाई शपथग्रहण गराउनुका साथै संविधान पालन गर्न प्रतिवद्ध रहने छु भन्न समेत लगाएको भन्दै मधेसवादी दलले संविधान स्वीकार गरेको दाबी गरे।

एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले भने, 'महन्थ जीको यो भनाई र गराईबाट अब ९० प्रतिशतबाट शतप्रतिशत समर्थन संविधानले पाएको स्पष्ट भएको छ।' कार्यक्रममा सम्मानित मोरङबाट निर्वाचित सांसद डा. मिनेन्द्र रिजाल, भानुभक्त ढकाल, घनश्याम  खतिवडाले अाफूहरूले मर्यादा र जिम्मेवारीमा रहेर नीति निर्माणमा लाग्ने प्रतिबद्धता जनाए। एक नम्बर प्रदेशका प्रदेशसभा सांसद सूयर्मा राईले जुन दलबाट निर्वाचित भए पनि अब देश र जनताका लागि काम गर्नुपर्ने र आफूहरूलाई सोही नजरले हेर्न अाग्रह  गरे।सो अबसरमा समाज आबद्ध परिवारका उत्कृष्ठ विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो ।

यस्तै, मेघेन्द्र पराजुलीको अध्यक्षतामा समाजको  ११ सदस्यीय नयाँ कार्य समिति समेत चयन भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.