|

काठमाडौं : सरकार जाने बाटो बन्द भएपछि राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर प्रधानमन्त्री केपी ओलीसँग चिढिएका छन्।

प्रधानमन्त्रीले शुक्रबार मन्त्रिमण्डल विस्तार गरेसँगै राजपा सरकारमा जाने बाटो बन्द भएको छ। यसअघि प्रधानमन्त्रीले राजपाका अध्यक्ष मण्डलका संयोजक ठाकुरसँग दुईपटक भेट गरी दुईवटा मन्त्रालय र उपराष्ट्रपति दिनिे प्रस्ताव गरेको राजपा स्रोतको भनाइ छ।

ओलीले शुक्रबार २२ सदस्यीय मन्त्रिमण्डल बनाएका छन्। संविधानले २५ सदस्यभन्दा बढीको मन्त्रिमण्डल बनाउन रोकेको छ। त्यसैले ओलीसँग अब तीजना मात्र सिट बाँकी छ। त्यो सिट संघीय समाजवादी फोरम नेपालका लागि सुरक्षित रहेको एमाले नेताहरु बताउँछन्।

यता राजपाका अध्यक्ष मण्डलका संयोजक ठाकुरले सरकारमा जाने सम्भावना सकिएको बताए। ‘प्रधानमन्त्रीले नै हामीलाई सरकारमा लैजान प्रस्ताव गर्नुभएको थियो। त्यसपछि उहाँले कुरै गर्नुभएन।’ प्रधामन्त्रीले कुरा अघि नबढाएपछि सरकारमा जाने राजपाको बाटो बन्द भएको पनि उनले बताए। उनले भने, ‘संविधान संशोधन गने सर्तमा हामीले सरकारमा जान सकिने बताएका थियौं तर उहाँले नै छलफल नै गर्नुभएन।’ राजपा संसदमा विपक्षी बेञ्चमा बस्ने गरेको पनि उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.