|
फाइल फोटो

काठमाडौं : चान्द्रमानको पात्रोअनुसार आइतबार नयाँ संवत्सर(वर्ष) लागेको छ। साधारण नामको संवत्सर परिवर्तन भई 'विरोधकृत्' लागेको हो। यससँगै शालिवाहन शाके संवत् १९४० लागेको छ।

ज्योतिषीय मान्यताअनुसार शाकेअनुसार नयाँ वर्ष सुरु हुने बारको ग्रह राजा र विक्रम संवत् लाग्ने बारको ग्रह अागामी वर्षको मन्त्री हुन्छन्। यसपटक शाकेको नयाँ वर्ष आइतबार भएको र विक्रमको नयाँवर्ष शनिवार सुरु हुने कारण २०७५ सालको राजा ग्रह सूर्य हो भने मन्त्री शनि हो। राजा मन्त्री ग्रहहरूकाे प्रकृति र सम्बन्धका अाधारमा ज्योतिषीहरूले वर्षको शुभाशुभ फलादेश गर्छन्।

संवत्सर परिवर्तन हुने दिन बिहान विशेष मन्त्र पढी निमको पात खाने विधान पञ्चांगहरूमा उल्लेख छ। निमका पात खानाले वर्षभरि आरोग्य प्राप्त हुने विश्वास गरिन्छ। आयुर्वेदिक दृष्टिले पनि उष्ण समयमा लाग्ने विभिन्न किसिमका रोग निमले निर्मूल गर्छ।

यसैगरी शक्तिको उपासना गर्नेहरूले आइतवार वासन्तीय नवरात्र सुरु गर्दैछन्। आश्विन शुक्लपक्षमा पर्ने नवरात्रलाई शारदीय (नवरात्र) अर्थात् बडादसैं भनिन्छ। शक्तिको उपासना गर्नेहरूले महत्त्व दिए पनि वासन्ती नवरात्रलाई सर्वसाधारणले त्यति महत्त्व दिएको पाइँदैन। यो अवधिमा पर्ने चैत्र शुक्ल अष्टमी(चैतेदसैं) र नवमी(रामनवमी) भने विशेष रूपमा मनाउने परम्परा छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.