काठमाडौं : महानगरीय प्रहरी प्रभाग नागढुंगाले उदयपुरबाट काठमाडौं आउँदै गरेको ना५ख ४७८० नम्बरको बसबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भक्तपुर बस्ने सुरेश शाक्य रहेको नागढुंगा प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले बताए। शक्यको साथबाट नुफिन २० एम्पुर, फेनागन २०, डाइजाल्याव २० एम्पुल, नाइट्राजेपान ३ ट्याव्लेट फेला परेको र थप अनुसन्धानको लागि उनलाई महानगरीय वृत्त थानकोट पठाएको भट्टले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।