|

उदयपुर : विद्यालयमा हाजिरी नपुगेका उदयपुरका १४७ विद्यार्थीले चैत ८ गतेबाट सुरु हुने एसईई परीक्षा दिन नपाउने भएका छन्। उदयपुरका जिल्ला शिक्षा अधिकारी हरिहर धितालले शिक्षा नियमावलीअनुसार विद्यार्थीले परीक्षामा सहभागी नपाउने भएका हुन्। 

‘विद्यालयमा ७५ प्रतिशत हाजिर अनिवार्य हुनुपर्छ', धितालले भने, ‘विद्यालययमा ७५ प्रतिशत हाजिर नभएका विद्यार्थीलाई परीक्षा दिनबाट वञ्चित गरिएको छ।' शिक्षा कार्यालय उदयपुरका अनुसार उदयपुरबाट नियमिततर्फ पाँच हजार ९९ जना छन्, जसमा छात्रा दुई हजार ६९१ र छात्र दुई हजार ४०८ रहेका छन्। यसैगरी एक्जाम्टेडतर्फ ५६१ र प्राविधिक विषयतर्फबाट १३९ रहेका छन्।

उदयपुरमा सामुदायिक, संस्थागत, प्राविधिक, एक्जाम्टेडतर्फ विद्यार्थीलाई कुल परीक्षा केन्द्र २५ वटा तोकिएको छ। यसमा प्राविधिकतर्फको परीक्षा त्रियुगा नगरपालिकाको देउरी माध्यमिक विद्यालय तोकिएको छ, एक्जामटेडका लागि सदरमुकाम त्रियुगा मावि गाईघाट र मावि राजवास तोकिएको छ। २५ वटा परीक्षा केन्द्रमध्ये मुकुर्ची मावि रिस्कु र नारद आर्दश माविमा महिला परीक्षा केन्द्राध्यक्ष तोकिएको छ। कुल परीक्षा केन्द्राध्यक्ष २५, सहकेन्द्राध्यक्ष २७, निरीक्षक २४६, सहयोगी १३२ तोकिएको जिल्ला शिक्षा अधिकारी धितालले जानकारी दिए।

परीक्षाको सम्पूर्ण तयारी सकिएको र सुरक्षा निकायका लागि पनि आन्तरिक तयारी सकिएको छ। गएको वर्षको तुलनामा यस वर्ष उदयपुरमा एसईई परीक्षा दिने विद्यार्थीको संख्या घटेको जिल्ला शिक्षा अधिकारी धितालले बताए। ‘ठ्याक्कै मैले तथ्यांक भन्न सकिनँ’, उनले भने, ‘गत वर्षको तुलनामा यस वर्ष विद्यार्थीको संख्या भने घटेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.