|

सुर्खेत : सुर्खेतको बराहाताल गाउँपालिका–८ दमारेमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१ का १४ वर्षीय आशिष नेपाली छन्।

सुर्खेतको पश्चिम बराहातालको स्थानीय सोतखोलाबाट बालुवा बोकेर वीरेन्द्रनगरतर्फ आउँदै गरेको भे १ त ८४९० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कवि सेन्चुरीले जानकारी दिए।

दुर्घटनामा दैलेखको गुराँस गाउँपालिका–१ घोडाबासका २८ वर्षका जिते नेपाली र सुर्खेतको बराहाताल गाउँपालिका–२ का १४ वर्षका क्षितिज विष्ट घाइते भएका छन्।

घाइते  जिते नेपालीको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि नेपालगंज मेडिकल कोहलपुरमा रिफर गरिएको छ। अर्का घाइते क्षितिज विष्टको अवस्था भने सामान्य रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.