|

सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनको सरदार टोलका आगलागीपीडित ४६ परिवारको विचल्ली भएको छ। उनीहरुलाई तत्कालका लागी सार्वजनिक खाली जमिनमा त्रिपाल टाँगेर बस्ने व्यवस्था मिलाइने रेडक्रसका सुनसरी जिल्ला सदस्य कृष्ण भट्टराईले जानकारी दिए। सुनसरी प्रशाशनले पनि उनीहरुलाइ के कसरी पुनः स्थापित गर्ने भन्ने विषयमा चाँडै निर्णय लिने प्रमुख जिल्ला अधिकारी गोपाल पराजुलीले बताए।

यसैगरी आइतबार नै नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखा अध्यक्ष उमेश थापाको नेतृत्वमा आगलागी क्षेत्र पुगेको रेडक्रसकर्मीहरुको टोलीले आधारभूत राहत सामग्री उपलब्ध गरेको रेडक्रसका जिल्ला सदस्य भट्टराईले जानकारी दिए। प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले आगलागी भएकोे मधुवनको सरदार टोलको स्थलगत अवलोकन गरेका छन्। उनले आगलागीको कारणसँगै अग्निपीडितको अवस्थाका विषयमा जानकारी लिएका छन्।

यी पनि :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.