|

काठमाडौं : नेपाल शिक्षक संघको अध्यक्षमा राजेन्द्रराज पौडेल निर्वाचित भएका छन्। 

पौडेलले निवर्तमान अध्यक्षमा केशव निरौलालाई पराजित गरेका हुन्। पौडेल निवर्तमान कार्यसमितिमा महासचिव थिए। संघको आठौँ महाधिवेशनमा पौडेल र निरौला समूह बनाएर प्रतिस्पर्धा गरेका थिए। पौडेल समूहका अधिकांश अहिले विजयी भएका छन्। 

पौडेलले ३२४ मत ल्याउँदा निरौलाले २५६ मत मात्रै प्राप्त गरे। त्यस्तै, वरिष्ठ उपाध्यक्षमा यम पी भुसाल ३१५ मत ल्याएर विजयी हुँदा प्रतिस्पर्धी विष्णुदेवी पाण्डेले २५३ मत मात्रै पाएन्। महिला उपाध्यक्षमा पद्मिनी थापा ३४३ मतसहित विजयी हुँदा सुशीला सुवेदीले २३६ मत प्राप्त गरिन्। 

यसैगरी प्रदेश उपाध्यक्षहरूमा प्रेमप्रसाद भट्टराई, भरत लम्साल, अमरबहादुर खड्का, जनकबहादुर सिंह र लक्ष्मणदत्त भट्ट विजयी भएका छन्। महासचिवमा सोमनाथ गिरी ३०२ मतसहित विजयी हुँदा अर्का उम्मेदवार गोकर्ण बानियाँले २७४ मत मात्रै प्राप्त गरे। 

यसैगरी महासचिव अर्थमा पुष्पकला भट्टराई, उपमहासचिवमा सुन्दर पन्त, उपमहासचिव महिलामा धनकला भण्डारी, उपमहासचिव अर्थमा वाङजुङ लामा, उपमहासचिव समावेसीतर्फ नुर मोहम्मद मिया र उपमहासचिव कर्णालीबाट भगवती श्रेष्ठ विजयी भएक छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.