|

बारा : नेत्रविक्रम चन्द विप्लवका निकट जिल्ला जनपरिषद् जनसत्ता, नेपाल बाराले निजगढ नगरपालिका प्रमुख सुरेशकुमार खनालको राजिनामा माग गरेको छ।अाइतबार जनसत्ता प्रमुख रामेश चौधरीले नगरपालिका प्रमुखको कार्यकक्षमा पुगेर राजिनामा गर्न माग गरिएको पत्र थमाएका बुझाएका हुन्। 

पत्रमा 'तपाईंले यो पुरानो संसदीय सत्ताको कथित जनप्रतिनिधिबाट तत्काल राजिनामा दिई वैज्ञाननिक समाजवाद स्थापनार्थ सञ्चालन हुने एकिकृत जनक्रान्तिमा सामेल हुन हार्दिक अपील गर्दछौं', भनिएको छ। पत्रमार्फत राजिनामा नदिए पुरानो सत्ताको प्रतिवाद गर्ने सन्दर्भमा उत्पन्न हुने परिवेशको जिम्मेवार स्वयम् हुने बताइएको छ।

प्रमुख खनाल नेपाली कांग्रेसबाट नेकपा माओवादी केन्द्रसँग तालमेल गरी निर्वाचित भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.