|

कपिलवस्तु : बिचौलियाले विदेशमा लगेर जागिर लगाइदिने प्रलोभनमा परेका छ जना युवतीको कपिलस्तुको यशोधरा गाउँपालिकास्थित मर्जादपुर सीमानाकाबाट उद्धार गरिएको छ। विदेशमा राम्रो जागिर खाने प्रलोभनमा परेर अवैध रूपमा भारत हुँदै तेस्रो मुलुक जान लागेका ती युवतीलाई प्रहरीले उद्धार गरेको हो।  

सुराकीका आधार सीमानाकाबाट कपिलवस्तुकै दुई जना र अन्य विभिन्न जिल्लाका चार जना गरी छ जना युवतीको उद्धार गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा बल मर्जादपुर कपिलवस्तुले जनाएको छ। ती युवतीलाई कपिलवस्तु सदरमुकाम तौलिहवा हुँदै नेपाली सीमानाका कटाउन लागेको थाहा पाएपछि आइतबार सीमा निगरानीमा खटिएको सशस्त्र प्रहरी बलले युवतीसँगै एक जना बिचौलियालाई पनि नियन्त्रणमा लिएको छ। 

सशस्त्र प्रहरी निरीक्षक अमृत दुलालले भने, ‘शंका लागेर सोधपुछका लागि उनीहरूलाई सम्पर्कमा ल्यायौँ। सोधपुछका क्रममा बिचौलियाले राम्रो जागिर लगाइदिने प्रलोभनमा पारेर सीमा कटाउन लागेको रहेछ।’

बिचौलिया गणेश खत्रीलाई प्रहरी चौकी मर्जादपुरमा बुझाइएको सशस्त्र प्रहरी बल मर्जादपुर डगंरीका प्रहरी निरीक्षक दुलालले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.