|

दाङ : चैत ८ गतेबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को दाङमा तयारी तीव्र पारिएको छ। जिल्ला शिक्षा कार्यालय दाङका अनुसार परीक्षाका लागि जिल्लामा ४३ वटा परीक्षा केन्द्रमा उत्तरपुस्तिका पठाउने काम सकिएको छ।

यस वर्ष दाङबाट साढे ११ हजार परीक्षार्थीहरूले एसईई दिँदै छन्। जिल्लाका निजी र सामुदायिक विद्यालयका गरी ११ हजार ६१० परिक्षार्थीहरूले परीक्षा दिन लागेको जिल्ला शिक्षा कार्यालय दाङले जनाएको छ। यसमा साधारणतर्फ १० हजार ८८६ र प्राविधिकतर्फ ३९७ परिक्षार्थीहरू रहेको जिल्ला शिक्षा अधिकारी रमेशप्रसाद मैनालीले बताए। 

त्यसैगरी एक्जाम्टेडतर्फ ४९७ विद्यार्र्थीहरूले परीक्षा दिँदै छन्। मैनालीका अनुसार यस वर्ष जिल्लामा ३८५ परिक्षार्थी परीक्षा दिनबाट बञ्चित भएका छन्। साधरणतर्फ ३७९ र प्राविधिकतर्फ छ जना परिक्षार्थी परीक्षा दिन बञ्चित भएका हुन्। उनीहरूको हाजिरी नपुगेको तथा राजश्व दाखिला नभएकाले ती परीक्षार्थीहरू परीक्षा दिनबाट बञ्चित भएको जिल्ला शिक्षा अधिकारी मैनालीले बताए। यसैबीच यस वर्ष एक्जाम्टेड परीक्षार्थीहरूले एउटै परीक्षा केन्द्रबाट परीक्षा दिनुपर्नेछ। 

परीक्षा नियन्त्रण कार्यालयको परिपत्रअनुसार जिल्ला सदरमुकामबाट उनीहरूले परीक्षा दिने व्यवस्था मिलाइएको जिल्ला शिक्षा अधिकारी मैनालीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.