|

विराटनगर : मोरङमा हुने विराट गोल्डकप रात समयमा पनि हुने भएको छ। गोल्डकप चैत १७ गतेदेखि २६ गतेसम्म विराटनगरको शहीद रंगशालामा आयोजना गरिने भएको हो। 

आयोजक विराट गोल्डकपका अध्यक्ष नवीन रिजालले आइतबार पत्रकार सम्मेलन गरी गोल्डकपमा नेपाल, भारत, भुटान र वंगलादेशका गरी १० टिमको सहभागिता रहने जानकारी दिए। खेलमा नेपालका मनाङ मर्स्याङदी, सशस्त्र प्रहरी, थ्री स्टार, नेपाल पुलिस, नेपाल आर्मी,  झापा ११, मोरङ ११ गरी सात टिमले प्रतियोगितामा सहभागिता जनाउने रिजालले जानकारी दिए। यस्तै, भुटानको थिम्पु फुटबल क्लब, बंगलादेशको बंगलादेश स्पोर्टिङ क्लब र भारतको सिक्किम युनाइटेड वा मोहमडन स्पोर्टिङ क्लबमध्मे एक टोलीे प्रतियोगितामा सहभागिता हुनेछ। 

विगतभन्दा व्यवस्थित रंगशाला

विराटनगरस्थित शहीद रंगशाला विगतभन्दा केही व्यवस्थित छ। रंगशाला तारजालीले घेरिएको छ। फुटबल मैदानमा पानी नजम्ने गरी अझै व्यवस्थित गर्ने प्रयास पनि भइरहेकै छ। विगतमा हुने गरेको विराट गोल्डकप फुटबल प्रतियोगिताभन्दा यस पटकको प्रतियोगिता ऐतिहासिक र अझै भव्य हुने आयोजकको भनाइ छ। 
रातको समयमा पनि फुटबल खेल्न मिल्ने गरी लाइटको व्यवस्थापन भइरहेको छ। आयोजकका अनुसार विद्यालय वा कर्मचारीहरूको पनि समयलाई मध्यनजर गर्दै रातको समयमा पनि फुटबल खेलाइन लागिएको हो। 

शहीद रंगशालामा नाइट गेम गराउनका लागि आवश्यक लाइट फिटिङको काम भइरहेको छ। लाइट व्यवस्थापन संयोजक अमित राठीका अनुसार खेल मैदानमा ६ वटा टावर राखिने छ। प्रत्येक टावरबाट ६ किलोवाटका बल्बले प्रकाश फाल्नेछ। 

एक करोड खर्च हुने अनुमान

प्रतियोगितामा एक करोड बराबरको खर्च हुन अनुमान आयोजककले जनाएका छन्। प्रतियोगिताको विजेतालाई १२ लाख ७१ हजार, उपविजेतालाई ५ लाख ५१ हजारसहित कप प्रदान गरिनेछ। यस्तै, प्रत्येक दिनको खेलमा म्यानअफ द म्याच हुने खेलाडीलाई १० हजार नगद र शिल्ड प्रदान गर्ने र म्यान अफ द टुर्नामेन्ट हुने खेलाडीलाई मोटरसाइकल र पदक प्रदान गर्ने रिजालले जानकारी दिए। यसबाहेक प्रशिक्षक, गोलकिपर, मिड फिल्डर, डिफेन्स, फरवार्ड, गोलकर्ता, व्यवस्थापक र टिम मध्येका उत्कृष्ट सबैलाई २५/२५ हजार राशिको पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.