|

काठमाडौं : साहित्यिक पत्रकार संघले २०७४ सालको मैनाली कथा पुरस्कार वरिष्ठ कथाकार राजेन्द्र विमललाई प्रदान गर्ने निर्णय गरेको छ। 

संघका महासचिव पुष्पा खनालद्वारा जारी विज्ञप्तिमा नगद एक लाख एक हजार रुपैयाँसहितको मैनाली कथा पुरस्कार आधुनिक नेपाली कथाका प्रवर्तक गुरुप्रसाद मैनालीको नाममा २०३८ सालमा कथाकारहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले उनका सुपुत्रहरू डा. सुशील, राजेन्द्र, अम्बिका र डा. माधव मैनालीको सक्रिय सहयोगमा स्थापना भएको हो। यस वर्ष कथाकार विमललाई उक्त पुरस्कार दिइने निर्णय संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले गरेको हो।

मैनाली कथा पुरस्कारबाट यसअघि कथाकारहरू विश्वम्भर चञ्चल, जगदीश घिमिरे, प्रेमा शाह, खगेन्द्र सङ्ग्रौला, मनु ब्राजाकी, मोहनराज शर्मा, माया ठकुरी, कुमार ज्ञवाली, भाउपन्थी, पद्मावती सिंह, भगीरथी श्रेष्ठ, राजव, किशोर पहाडी, सनत रेग्मी, सन्तोष भट्टराई, मुरारी अधिकारी, इन्दिरा प्रसाईं, ध्रुव सापकोटा, नगेन्द्रराज शर्मा, नारायण ढकाल, माधव भँडारी, गोविन्द गिरी प्रेरणा, गोपाल पराजुली, महेशविक्रम शाह, इस्माली, अविनाश श्रेष्ठ, नयनराज पाण्डेलगायत पुरस्कृत भइसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.