|

काठमाडौं : लगानीयोग्य पुँजी (तरलता)का अभाव भएपछि बैंकहरु निक्षेप संकलन गर्न सहकारी संस्था धाउन थालेका छन्। ऋण लगानी गर्न रकम नभएपछि आकर्षक ब्याजदरसहितको योजना लिएर बैंकहरु सहकारी संस्थाको कार्यालय पुग्न थालेका हुन्।

बैंकमा प्रशस्त लगानीयोग्य पुँजी भएका बेला सहकारी संस्थाको निक्षेपलाई खासै ध्यान नदिने बैंकहरु अहिले भने उच्च ब्याज दिने प्रलोभनसहित सहकारी संस्था जान थालेका छन्।

पहिला सहकारी संस्थाहरु निक्षेप संकलन भएको रकम थोरै ब्याजदरमा भए पनि सुरक्षितसँग राखिदिनका लागि बैंक धाउनुपर्ने अवस्था थियो। तर, अहिले भने सहकारी संस्थामा गएर निक्षेप संकलन गर्न मौका दिन आग्रह गरिरहेका छन्।

विगतमा सहकारी बैंकसम्म धाउँथे अहिले भने बैंक सहकारी संस्थासम्म नै रकम संकलन गर्ने अवसर दिनस् भन्दै आउने गरेको लक्ष्मी वरदान बचत तथा सहकारी संस्थाका अध्यक्ष जयनारायण नेपालले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.