|

काठमाडौं : मुलुकको चालु खाता घाटा एक महिना मै दोब्बर भएको छ । ६ महिनासम्म कसरिब ७५ अर्ब रुपैयाँ रहेको चालु खाता घाटा सातौं महिना पुरा हुँदा एक खर्ब ४१ अर्ब रुपैयाँ पुगेको हो।

आर्थिक वर्षको सुरुदेखि नै घाटामा रहँदै आएको चालु खातामा एकै महिनामा ६६ अर्ब रुपैयाँ घाटा थपिएको राष्ट्र बैंकले जनाएको छ। बैंकले चालु खाता घाटा हुनुमा प्रमुख रुपमा दुईवटा कारण बताएको छ।

यो अवधिमा आयात उच्च दरले बढेको छ भने विदेशी लगानीकर्तालाई ठूलो मात्रामा लाभांश दिनु परेको छ। यी दुवै कारणले चालु खाता घाटा एक महिना मै दोब्बर भएको हो। राष्ट्र  बैकले आईतबार सार्वजनिक गरेको चालु आथिक वर्षको माघसम्मको देशको आर्थिक तथा वित्तीयस्थितीअनुसार अर्थतन्त्रका लागि अर्को महत्वपूर्ण पाटो शोधनान्तर स्थितति १८ अर्ब २८ करोड रुपैयाँले घाटामा छ।

राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिट्यान्स आप्रवाह वृद्धिदर गत वर्षको तुलनामा घटेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.