|

काठमाडौं : राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले दुईघण्टे कार्यक्रमका लागि १५ लाख ५८ हजार रुपैयाँको बजेट छुट्याएको छ। अर्थ मन्त्रालयले कार्यालयबाहेक अन्यत्र पैसा तिरेर कार्यक्रम नगर्न निर्देशन दिए पनि केन्द्रले यही चैत १० गते विश्व क्षयरोग दिवस मनाउने नाममा सो रकम छुट्याएको हो।

उक्त कार्यक्रमका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहल बुकिङ गरिएको छ। त्यसबापत भ्याटबाहेक १ लाख ८० हजार, खाजाबापत २ लाख ७५ हजार, ब्यानर नारा झण्डा तथा ब्रोसरका लागि २ लाख, नारा लेखिएको भेस्ट बनाउन १ लाख ५० हजार र पत्रकारलाई भत्ताका लाग ७५ हजार रुपैयाँ छुट्याएको छ

कार्यक्रमको कार्ड वितरण गर्ने कर्मचारीलाई खाजाबापत ५० हजार, कार्यक्रम व्यवस्थापनमा खटिने कर्मचारीलाई ५० हजार, वार्षिक प्रतिवेदन छपाउन १ लाख ५० हजार र भित्ते फ्लेक्स बनउन ६० हजार र पत्रपत्रिका लागि १ लाख ५० हजार छुट्याएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.