|

लहान : सिरहाको कल्याणपुर नगरपालिकाका लेखापाल २० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। 

करिब दुई महिनादेखि नगरपालिकाको लेखापाल पदका कार्यरत जयराम चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आइतबार साँझ पक्राउ गरेको हो। महोत्तरीको बर्दिवासस्थित अख्तियारको सम्पर्क कार्यालयबाट आएका प्रहरी नायव उपरीक्षक ठाकुर पोखरेलको टोलीले चौधरीलाई सिरहा नगरपालिका ७ स्थित डेराबाट पक्राउ गरेको हो। 

लेखापाल चाैधरीले सरुवा भएर अन्यत्र जान लागेका वडा सचिवसँग कार्यालय मर्मतका लागि सामान खरिदमा उक्त घुस रकम लिएको बताइएको छ। उनलाई अख्तियार टोलीले थप अनुसन्धानका लागि आइतबार नै बर्दिवास लिएर गएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.