|

काठमाडौं : आइसीसी विश्वकप क्रिकेट छनोट खेल्नकालागि जिम्बावे पुगेको नेपाली क्रिकेट टोली फ्लाई दुबईबाट सोमबार साँझ ५.५५ मा नेपाल फर्किदैछ।

विश्वकप क्रिकेट छनोट प्रतियोगिताबाट एक दिवसीय मान्यता पाएको नेपाली टोली ऐतिहासिक सफलताका साथ देश फर्किन लागेको हो। प्रतियोगिताका ६ मध्ये दुई खेलमात्रै जिते पनि एशोसिएट राष्ट्रहरुमा तेस्रो हुँदै नेपालले आगामी चार वर्षका लागि एक दिवसीय मान्यता पाएको हो।

समूह चरणमा हङकङलाई जितेको नेपालले पहिलो प्लेअफ खेलमा पपुवा न्यूगिनीलाई हराउँदै एकदिवसीय मान्यता निश्चित गरेको हो। सातौं स्थानका लागि भएको खेलमा भने नेदरल्याण्ड्ससँग ४५ रनले हारेको नेपाल आठौं स्थानमा सीमित रहयो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.