|

बुटवल : प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रिमण्डल विस्तार गर्दैछन्।  सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार तथा विकास मन्त्री वैजनाथ चौधरीले सोमबार मन्त्रिमण्डल विस्तार हुने जानकारी दिए। 

विस्तार हुने मन्त्रिमण्डलमा एमालेबाट दुई र माओवादी केन्द्रबाट एक जना सहभागी हुनेछन्। मन्त्रीका लागि एमालेले रुपन्देहीका लीला गिरी, बाँकेकी आरती पौडेल र माओवादी केन्द्रले गुल्मीका सुदर्शन बरालको नाम सिफारिश गरेको छ।

प्रवक्ता चौधरीका अनुसार गिरीले सामाजिक विकास मन्त्रालय, पौडेलले कृषि मन्त्रालय र बरालले पर्यटन तथा उद्योग मन्त्रालय सम्हाल्ने छन्। उनीहरुको सोमबारै सपथ ग्रहणको तयारी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.