|

उर्लाबारी : मोरङको सुन्दरहरैचा नगरपालिका–२ बस्ने ४२ वर्षीय सुतरु सरदारको आइतबा राति ट्र्याक्टरले किचेर मृत्यु भएको छ। 

आफ्नै घरको आँगनमा को१त ७६७६ नम्बरको ट्र्याक्टर पार्किङ गरेर राख्ने क्रममा आफैँ अनियन्त्रित भई खाल्डोमा पल्टिँदा ट्र्याक्टरको इन्जिनको भागमा च्यापिएर सरदारको घटनास्थलमा नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ।

ट्र्याक्टर घटनास्थलमा नै रहेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.