|

पोर्चुगलका रियल म्याड्रिड स्टार क्रिस्‍टियानो रोनाल्डोले पछिल्लो समय आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेका छन्। उनले आइतबार राति आफ्नो करिअरको ५०औँ ह्याट्रिक पूरा गर्दै स्पेनिस ला लिगामा रियलका लागि १८ औँ जित सम्भव बनाए। भलै प्रतियोगिताको उपाधि होडमा रियल अझै १५ अंकले पछि रहेको छ।

जिरोनाविरुद्धको खेलमा रोनाल्डोले ११ औँ मिनेटमा पहिलो गोल गरे। घरेलु टोलीलाई उकपछिय रूपमा खेलमा हावि बनाउने क्रममा निरन्तर आक्रमण गरेको थियो तरस्तुएनीले २९औँ मिनेटमा गोल गर्दै पहिलो हाफमा रियलविरुद्ध खेलमा फर्कन जिरोना सफल भयो तर उसको बराबरी गोल दोस्रो हाफमा भने फिक्का सावित बनेको थयो।

दोस्रो हाफमा रोनाल्डोले थप तीन गोल गरे। ४७ र ६४ औँ मिनेटमा गोल गर्दा उनले करिअरको ५० औँ ह्याट्रिक पूरा गरे। त्यसबीचमा लुकास भाजक्वेजले पनि रियलका लागि ५९औँ मिनेटमा गोल सम्भव बनाएका थिए। रियलविरुद्ध जिरोनाले पनि गोल गर्‍यो तर उसका गोल छायामा परेका थिए। ६७ औँ मिनेटमा दोस्रो गोल गरेको पाहुना टिमले लगत्तै ग्यारेथ बेलले ८६ औँ मिनेटको गोल सहन पुगेको थियो। ८८ औँ मिनेटमा जुअन्पेले जिरोनाका लागि गोल गर्दै ५-३ बनाए पनि खेलको इन्जुरी समयमा रोनाल्डोले व्यक्तिगत ४ तथा रियलको छैटौँ गोल गरेपछि खेलमा कुल ९ गोल सम्भव भएको थियो।

रोनाल्डोले रियलका लागि ४४, पोर्चुगलका लागि ५ र म्यानचेस्टर युनाइटेडका लागि १ ह्याट्रिक गर्दै ५० औं ह्याट्रिक पूरा गरे। ला लिगामा उनको यो ३४ औँ ह्याट्रिक हो भने च्याम्पियन्स लिगमा ७, विश्व कप छनोट खेलमा ४, कोपा डेल रे’मा २ तथा प्रिमियर लिग, क्लब विश्व कप मा र युरोपियन च्याम्पियनसिपको छनोटमा समान १ ह्याट्रिक रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.