|

सुनसरी : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको सनराइज बैंकको काउण्टरमा आइतबार राति चोरी भएको छ। 

काउण्टरमा राखिएको सीसीक्यामेरा फुटाएर १० लाख रुपैयाँ चोरी भएको बैंकका सहायक मेनेजर दिनेश अधिकारीले बताए। सोमबार कार्यालय समयमा कर्मचारी आउँदा काउण्टरको ढोका फोडेर चोरी भएको उनले बताए।

घटनाबारे अनुसन्धान भइरहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रहरी पोष्टका प्रहरी नायव निरीक्षक (सई) तीलक गिरीले जानकारी दिए। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सबै कारोबार सोही बैंकबाट हुँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.