|

तनहुँ : तनहुँ कारागारमा  महिलाबन्दी गृह निर्माण सुरु गरिएको छ। आठ करोडको  लागतमा सो बन्दी गृह बन्न लागेको कारागारका निमित्त प्रमुख तिर्थनाथ खनालले बताए।

‘फागुनको पहिलो साताबाट निर्माण सुरु गरिएको बन्दीगृहको काम डिपिसी लेबलसम्म सम्पन्न भइसकेको छ,’ खनालले भने, ‘ऋषि शक्ति पराजुली होम निर्माण जेबीले महिला बन्दीगृह निर्माणको ठेक्का पाएको हो।’

कन्ट्रक्सनका निर्देशक ऋषिराम अधिकारीले १८ महिनासम्ममा भवन सम्पन्न गर्ने जानकारी दिए। ‘दुई रोपनी क्षेत्रफलमा महिला बन्दीगृह, प्रहरी ब्यारेक र कार्यालय भवन रहने कारागारले जनाएको छ। ५० जना क्षमताको बन्दीगृह निर्माण हुनेछ,’ खनालले भने, ‘भवन डिभजिन कार्यालय गोरखाको सहयोगमा महिला बन्दीगृह बनाउन लागिएको हो, तीनवटै भवन २/२ ढलानका हुनेछन्।’

महिला बन्दीगृह तनहुँमै बनेपछि विभिन्न अभियोगमा जेल सजाए भएका महिलाहरुलाई राख्न सहज हुने बताइएको छ। हाल तनहुँ कारागारमा महिला बन्दीगृह नहुँदा उनीहरुलाई कास्की र गोरखा कारागार पठाउनुपर्ने अवस्था छ। २५ जनाको क्षमता रहेको तनहुँ कारागारमा अहिले ५० जना थुनुवा र ५९ कैदी गरी १ सय ९ जना पुरुष कैदीबन्दीहरु रहेका छन्। क्षमताअनुसारको कारागार निर्माण भए बन्दीहरुलाई बस्न सहज हुने बन्दीका चौकीदार नरबहादुर थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.