|

काठमाडौं : विश्वभर चर्चित गायन रियालिलिटी शो 'द भ्वाईस'को नेपाली  फ्रेन्चाइज 'द भ्वाईस अफ नेपाल' सुरु हुने भएको छ। आइतबार साँझ नेपालको आयोजकले उक्त घोषण गरेको हो।

असारबाट प्रशारणमा आउने उक्त रियालिटी शोलाई 'नेपाल आइडल' निर्देशन गरेका लक्ष्मण पौडेलले निर्देशन गर्दैछन्। प्रह्लादसिंह ठकुरी कार्यकारी निर्देशक रहेको उक्त रिलायाली शोमा फिरोज तिमल्सिना प्रमुख सहायक निर्देशकको रुपमा रहेका छन्। सुशील नेपालले सञ्चालन गर्ने उक्त शोको निर्णायकको भूमिकामा वरिष्ठ गायक दीप श्रेष्ठ, प्रमोद खरेल, सनुप पौडेल र अबया सुब्बा रहने छन्।

‘द भ्वाईस अफ नेपाल’को विजेतालाई ‘भ्वाईस अफ नेशन’ घोषणा गरिने छ। विजेताले २५ लाख नगद, नयाँ कार, २० लाख बराबरको भिडियो एल्बमको सम्झौता तथा विश्व भ्रमणको अवसर प्राप्त गर्नेछन्।

पहिलो पटक उक्त नेपाली शो अन्तराष्ट्रिय प्लेटफर्ममा जाने आयोजकको दाबी रहेको छ।  केही शोहरू ‘द भ्वाईस ग्लोबल’ नामक भिडियो च्यानलमा प्रशारण हुनेछ जहाँ संसारभरका प्रतिभालाई प्रस्तुत गरिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.