|
तस्बिर : सन्तोषी ढुंगेल

रामेछाप : रामेछापमा सौता–सौताबीचको झगडाले उग्र रुप लिँदा  दुई बालबालिकाको मृत्यु भएको छ। खाँडादेवी गाउँपालिका-६ पन्नेचौर निवासी तारा केसीले आइतबार राति घरमा आगो लगाउँदा सुतिरहेका ४ वर्षका छोरा विपिन र ३ वर्षकी छोरी रमीताको जलेर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाका अनुसार राति साढे १० बजे तिर छोराछोरी निदाएपछि उनले कटेरोमा आगो लगाउँदा सुतिरहेको अवस्थामा उनका ४ बर्षिय छोरा बिपिन खत्री र २ बर्षकी छोरी रमिता खत्रीको जलेर मृत्यु भएको हो। प्रहरीका अनुसार आगो लगाउने तारा केसीले पनि लगाएका लुगा डढ्नुका साथै आगोले सामान्य पोलेको छ। 
आगो लगाउने तारा केसी आफ्नो पतिले कान्छी पत्नी ल्याएपछि छुट्टै बसोबास गर्दै आएकी थिइन्। पतिले अर्की पत्नील्याई आफूलाई हेला गरेकोले छोराछारी र आफू पनि मर्ने भनी आगो लगाएको प्रारम्भिक बयान दिएको थापाले बताए। उनका अनुसार आगो लगाउने तारा केसी र उनका पति दिल बहादुर खत्रीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ। 
आगोलागीमा परी मृत्युभएका २ बच्चाको शब सदरमुकाम मन्थली ल्याइएको प्रहरीले जनाएको छ। आगो लगाउने तारा केसी पति दिल बहादुर खत्री र उनकी कान्छी पत्नी बसेको स्थानभन्दा १ सय मिटर पर बाँसको टहरो बनाएर एक छोरा र एक छोरीका साथमा बस्दै आएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.