|

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएका छन्। सोमाबार सिंहदरबार आफ्नै मन्त्रालयमा मन्त्री पण्डितले तोकिएको कार्यक्षेत्रमा नगएका कर्मचारीको रेकर्ड संकलनको काम सुरु भइसकेको पनि स्पष्ट पारे।

उनले कार्यक्षेत्रमा नजाने कर्मचारीहरूको रेकर्ड संकलन गर्न मातहतका निकायलाई निर्देशन दिइएको पनि जानकारी दिए। आफ्नो कार्य क्षेत्रमा नजाने निजामती कर्मचारीहरूले लिँदै आएको सुविधा पनि खोस्ने योजना रहेको मन्त्री पण्डित जानकारी दिए।

मन्त्री पण्डितले जनताको सेवामा समर्पित भएर कर्मचारीहरूले काम गर्ने वातावरण बनाउने प्रतिवद्धता पनि व्यक्त गरे। उनले मन्दिरमा जाने पुजारीले झैं पवित्र भावनाका साथ जनताको सेवा गर्न पनि कर्मचारीहरूलाई सचेत गराए। मन्त्री पण्डितले निजामती कर्मचारी ऐनले व्यवस्था गरे अनुसार जनताको भावना र विश्वास जितेर काम गर्न पनि कर्मचारीलाई निर्देशन दिए।

मन्त्री पण्डितले कार्यालय समयमा कर्मचारी संगठनका गतिविधिलाई निशेध गर्ने घोषणा पनि गरे। उनले कर्मचारी संगठनहरूको दबाबमा कुनै पनि गतिविधि आफूले नगर्ने दृढता पनि व्यक्त गरे। मन्त्री पण्डितले नीति निर्माणका बेला कर्मचारी संगठनहरूबाट आवश्यक सुझाव लिने काम सरकारले गर्ने योजना पनि सुनाए। उनले सुरुवा, बढुवा गर्ने काम दवावमा नहुने पनि स्पष्ट पारे।

मन्त्री पण्डितले निजामती कर्मचारीलाई लामो विदामा बस्ने छुट नरहेको पनि स्मरण गराएका छन्। उनले आइतबार थाहाखबरसँगको कुराकानीमा खटाएको ठाउँमा नजाने कर्मचरीलाई विशेष प्याकेज दिएर विदा नगरिने बताएका थिए। उनले कर्मचारीले सरकारले पठाएको ठाउँमा जानुपर्ने नगए संविधानको उलंघन हुने भएको र त्यसो गर्न छुट नदिइने बताएका थिए।

पढ्नुहोस् अन्तर्वार्ता : 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.