|
फाइल फोटो

भक्तपुर : ८ चैतबाट सुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसइई)मा भक्तपुरका ३० जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित हुने भएका छन्। परीक्षाको राजस्व र विद्यालयमा हाजिर नपुगेका कारण उनीहरु परीक्षा दिनबाट वञ्चित भएका हुन्।

शिक्षा नियमावलीअनुसार विद्यार्थीले परीक्षा दिन ७५ प्रतिशत हाजिर हुनुपर्छ। भक्तपुरका जिल्ला शिक्षा अधिकारी अर्जुन रायमाझीले नियमअनुसार विद्यार्थीहरुले परीक्षाका लागि आवेदन फारम भरे पनि दैनिक हाजिर ७५ प्रतिशत नपुगेकाले ती ३० जना विद्यार्थी परीक्षा दिनबाट वञ्चित गराइएको जानकारी दिए। साथै परीक्षाको लागि तिर्नुपर्ने आवश्यक राजस्व नतिरेकाले पनि उनीहरुलाई परीक्षा दिनबाट वञ्चित  गराइएको हो, उनले भने।

यसवर्ष भक्तपुरका निजी तथा सामुदायिक विद्यालयका ५ हजार ७ सय १७ परीक्षार्थीहरुले एसइई परीक्षा दिँदै छन्। साधारणतर्फ ५ हजार ६ सय ४१, प्राविधिकतर्फ ४६ र एक्जाम्टेडतर्फ ३० जना परीक्षार्थी परीक्षामा सहभागी हुने जिशिअ रायमाझीले बताए।

यसैबीच, जिल्लामा परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जिशिका भक्तपुरले जनाएको छ। परीक्षाको लागि केन्द्र निर्धारणदेखि केन्द्राध्यक्ष तोक्ने र सुरक्षाको आवश्यक प्रबन्ध पूरा भएको जानकारी दिँदै जिशिअ रायमाझीले भने, ‘जिल्लामा परीक्षाको तयारी पूरा भइसकेको छ। जिल्लामा २४ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ। ती सबै परीक्षा केन्द्रमा उत्तरपुस्तिका पठाउने काम सकिएको छ।’  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.