विकासका काम हेरेर सिक्न भ्रमणमा निस्केका हौँ : गाउँपालिका अध्यक्ष

|
तस्बिर : खाँडाचक्र नगरपालिका उपप्रमुख विजया विष्टको फेसबुक पेजबाट।

कालिकोट : स्थानीय तहका जनप्रतिनिधिहरु अवलोकन भ्रमण भन्दै देश दौडाहामा निस्कँदा स्थानीयवासी मर्कामा परेका छन्। आर्थिक वर्ष सकिन ४ महिना मात्र बाँकी रहँदा विभिन्न स्थानीय तहका कर्मचारीसहित जनप्रतिनिधिहरु अन्य जिल्ला भ्रमणमा निस्किएपछि स्थानीय तहमा हुने विकास निर्माणका काम प्रभावित भएका छन्।

स्थानीय तहमा हुने गाउँका विकास योजनाहरुको सम्झौता गर्नुपर्ने चटारो भएका वेला स्थानीय तहका कर्मचारी र जनप्रतिनिधि सरकारी बजेटमा भ्रमणमा निस्किएका हुन्। अध्ययन भ्रमण भन्दै स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेर भ्रमण गरेर खाँडाचक्र नगरपालिका र शुभकालिका गाउँपालिकाका प्रमुख/उपप्रमुख/अध्यक्ष/उपाध्यक्षसहितको जम्बो दैलेख, नेपालगन्ज पाल्पा लुम्बिनी र इलामको भ्रमण निस्किएका हुन्।

शुभ गाउँपालिकाको भ्रमण टोलीले गाउँपालिकाको २० लाख रुपैयाँ रकम लिएर अवलोकन भ्रमणमा गएको स्थानीयको आरोप छ। सरकारी कर्मचारीसहित जनप्रतिनिधिको जम्बो टोली भ्रमणमा हिँडेपछि गाँउपालिकाको दैनिक महत्वपूर्ण सेवा प्रवाहको कार्य रोकिएको स्थानीय भीमप्रसाद आचार्यले बताए।

‘आफ्नो गाउँठाउँको आधारभूत विकासका लागि जम्बो टोलीको भ्रमण आवश्यक नरहेकाले भ्रमणले गाउँपालिकाको विकासे रकम दुरुपयोग भएको छ।’ उनले भने, ‘आर्थिक वर्ष सकिन लाग्दा भएको भ्रमणले रकम दुरुपयोग गर्ने काम भएको छ।’

विकासका काम सिक्न भ्रमणमा निस्केका हौँ : गाउँपालिका अध्यक्ष

गाउँपालिका अध्यक्ष खडानन्द चौलागाईले शुभकालिका गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले अवलोकन भ्रमणमा निस्केको बताए। ‘अन्य जिल्लामा विकासका काम कसरी भइरहेका छन् त्यसका विषयान सिक्न भ्रमण निस्किएका हौँ,’ उनले भने, ‘बजेट विनियोजन कसरी र कुनकुन शीर्षकमा छुट्याइएको छ अन्य स्थानीय तहको अवलोकन गरी राम्रा कुराहरुलाई आफ्नो गाउँपालिकामा लागू गर्नका लागि अवलोकन अनुशरण भ्रमणमा लक्ष्य रहेको छ।’

त्यस्तै, खाँडाचक्र नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी पनि अवलोकन भ्रमणमा गएका छन्। २९ जनाको टोलीसहित पोखरा, पाल्पा, लुम्बिनीलगायतका क्षेत्रमा भ्रमण गर्नका लागि खाँडाचक्र नरपालिकाको नगरसभाबाट पाँच लाख रुपैयाँ छुट्याइको खाँडाचक्र नगरपालिकाका कायकारी अधिकृत काशी पंगेनीले बताए।

‘म काम विशेषले भ्रमणमा जान नपाएको र जनप्रतिनिधिहरु भ्रमणमा जानु भएको छ।’ उनले भने, ‘यथार्थ कति खर्च हुन्छ भन्ने यकिन छैन। ’पछिल्लो समय जनप्रतिनिधिको ध्यान विकासमा नभई बजेट खर्च गर्नेतर्फ मात्र गएको स्थानीयको गुनासो छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.