|

गोरखा : प्रशिद्ध धार्मिकस्थल मनकामना मन्दिर दर्शन गर्न जाने भक्तजनहरू केवलकारबाट ओर्लेर मन्दिर प्रवेश गर्ने बाटोमा  सुरु हुन्छ यसरी अनेक तमासा। मनकामना मन्दिर नजिकैका व्यापारीहरूका प्रतिनिधिहरू पनि भक्तजनहरूको पाइलासँगै झुम्मिन थाल्छन्। भक्तजनको बाटो छेक्छन्।

भक्तजनहरूको हातै समाएर तानातान गर्दै भन्छन्, ‘आउनुस् मन्दिरमै बसेको फोटो बनाइदिन्छु, अहिले खिचेर जानुस्, फर्कँदा लैजानुस्, फुलपाती पनि लानुस्’ त्यहाँबाट उम्किन मात्रै नपाई फेरि अलिमाथि पुगेपछि सुरु हुन्छ अर्को तमासा। ‘जुक्त चप्पल पनि यतैराखौँ, खाना पनि यहीँ पाइन्छ’ भनेर हैरान गर्ने पनि उत्तिकै छन्। 
मनकामनामा होटलहरू पनि दर्जनौँ छन्। ती होटलका ग्राहक तान्ने अनेक कला छ। ग्राहकलाई आफ्नो होटलमा आकर्षण गर्न मन्दिर जाने उकालो बाटोमा बसेर भट्याउनेहरू नै होटलले नियुक्ति गरेको छ। मनकामना कटेज एण्ड थकाली भान्छा, अल्पाइन, फुलबारी कटेज, मनकामना इन जस्ता धेरै संख्यामा भक्तजनहरूलाई राख्न सक्ने होटलहरूले यस्ता भट्याउने मान्छे नियुक्ति गरेको छ। तिनीहरु  दिनभरि नै भट्याइरहछन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.