|

काठमाडौं : फिल्म ‘लम्फु’को दोस्रो गीत सार्वजनिक भएको छ। सार्वजनिक 'दोधारमा परेँ म' बोलको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ। नरेश भट्टराईको शब्द रहेको गीतमा दुर्गा खरेलको स्वर रहेको छ।

शिव बिकको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका मुख्य कलाकार मरिष्का पोखरेल र कविर खड्का फिचरिङ छन्। दीपक बज्रचार्यले खिचेको भिडियोलाई हरि सिवालले सम्पादन गरेका छन्।

वैशाख २८ मा रिलिज हुने ‘लम्फु’लाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका छन्। फिल्ममा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराईलगायतको अभिनय रहेको छ। फिल्माम तरकारीवालीको नामले भाइरल बनेकी कुशुम श्रेष्ठको पनि अभिनय रहेको छ।

‘पपुलर मल्टिमिडिया’को ब्‍यानरमा निर्माण भएको फिल्ममा शक्तिबल्दभ घोरासैनीको लगानी रहेको छ। फिल्मलाई भूपतिले लेखेका हुन्।

भिडियो:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.