|

काठमाडौं: आइतबार नौ दशमलव ४० र सोमबार आठ दशमलव ४४ अंकले नेप्से ओरालो लागेपछि वर्षकै न्यून विन्दु १२ सय ७० अंकमा झरेको छ। पछिल्लो एक महिनामा १२६ अंक र पछिल्लो तीन महिनामा २०० अंकले नेप्सेमा ह्रास आएको छ। ४ मंसिर २०७४ मा १४ सय ६९ र ६ फागुनमा १३ सय ९६ अंकमा रहेको नेप्से सोमबारसम्ममा १२ सय ७० अंकमा झरेको हो।

यस दिन 'क' वर्गका कम्पनीहरुको कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्स एक दशमलव ७९ र सम्पूर्ण सेयर पत्रको कारोबारको मापन गर्ने फ्लोट इन्डेक्स शून्य दशमलव ७६ अंकले ह्रास आएको छ। समूहगत परिसूचकतर्फ व्यापार, उत्पादनमूलक र अन्यअन्तर्गतका परिसूचकहरु सामान्य अंकले उकालो लागेता पनि ती बाहेकका परिसूचकहरूमा भने ह्रास आयो।

सोमबार कारोबारमा १५२ कम्पी आउँदा २६ करोड २६ लाख रुपैयाँ बराबरको कारोबार भयो। ३ हजार ५ सय ४२ बराबरका ७ लाख ७१ हजार कित्ता सेयर पत्रको किनबेच भए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.