मनोरञ्जन

‘उही खोलीमा पानी’ टिमले काट्यो केक
SHARES

चैत ५, २०७४

    काठमाडौं : लोकदोहोरी गीतको क्षेत्रमा वर्षभरि हजारौँको संख्यामा गीतहरू उत्पादन भएर बजारमा आउँछन्। त्यसरी बजारमा आएका गीतहरूमध्ये केही गीतहरू मात्रै चर्चामा आउन सफल हुन्छन्। कतिपय छोटो समयका लागि चर्चामा रहन्छन् र हराउँछन् तर केही गीतहरूले यसरी श्रोताको मन मस्तिष्कमा गहिरो छाप छाड्छन् कि लामो समयसम्म ती गीतहरू कालजयी बनेर दर्शक/श्रोताको मानसपटलमा ताजा बनेर रहन सफल हुन्छन्।

    अहिले बजारमा त्यस्तै एउटा सुपरहिट गीतले तहल्का मच्चाइरहेको छ। लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य एवं लोकप्रिय गायक राजन गुरुङ र सुमधुर स्वरकी धनी चर्चित गायिका देवी घर्तीको स्वरमा रहेको कर्णप्रिय गीत ‘उही खोलीमा पानी’ले अहिले पनि सांगीतिक बजार तताइरहेको छ।

    यस गीतले छोटो समयमै युट्युबमा झण्डै ५४ लाख भ्यू कमाइसकेको छ। अपलोड गरेको समयमा यो गीत ट्रेण्डिङमा पर्न सफल रहेको गायक गुरुङले जानकारी दिए। उनले भने, ‘दैनिक गीतका दर्शकहरू बढ्ने क्रममा छन्।’ उनका अनुसार यो गीत लोक दोहोरी गीतकै इतिहासमा सर्वाधिक दर्शक पाएको गीत बनेको छ।

    उक्त अवसरमा आइतबार लैनचौरस्थित दरबार दोहोरीमा एक कार्यक्रमको आयोजना गरी केक काटेको छ। कार्यक्रममा लोकगीत क्षेत्रका सम्पूर्ण गायक गायिकालगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

    नयाँ र फरक स्वादको मौलिक लोक दोहोरी गीत ‘उही खोलीमा पानी’का शब्द संयोजक केशव पौड्याल हुन् भने गीतमा संगीत संयोजन आशिष अविरलको रहेको छ। संगीतकार वसन्त थापाको लय रहेको गीतको भिडियो निर्देशन लोकप्रिय निर्देशक बब्बु थापाले गरेका छन्।

    भिडियोमा गायक राजन गुरुङ र संगीतकार वसन्त थापासँगै रश्मि तामाङ र करिश्मा ढकालको अभिनय रहेको छ। भिडियोलाई करन चैसिरले खिचेका छन् भने प्रवीण भट्टले सम्पादन गरेका छन्।

    भिडियो : 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५