|

काठमाडौं : सशस्त्र प्रहरीमा जागिर लगाईदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी नगरपालका-७ की मन्जु बुढाथोकी  छिन्। उनले आफू सशस्त्र प्रहरी बलको प्रहरी सहायक निरीक्षक भएको भन्दै सशस्त्र प्रहरी बलको विभिन्न पदमा जागिर लगाइदिन्छु भनी पाँचजना युवतीहरुबाट दुईलाख ४१ हजार रकम उठाएर फरार  भएकी थइन्।

पीडित युवतीले दिएको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त बालाजुले आइतबार उनलाई पक्राउ गरेको हो। मन्जुले सशस्त्र प्रहरीको पोसाक लगाएको फोटो देखाई आफू कोपिला बोहरा भएको भन्दै ठगी गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको र थप अध्ययन भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनबहादुर थापाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.