|

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले श्रीमती उषाकला राई र आफ्नो नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्।

प्रधानमन्त्री कार्यालयमा बुझाउन बाँकी रहेको सम्पत्ति विवरण सार्वजनिक गर्दै मन्त्री तामाङले श्रीमती उषाकला राईको नाममा काठमाडौंको गोकर्णेश्वर नगरपालिका ८ मा तीन आना ३ पैसा २ दामको जग्गामा घर रहेको जानकारी दिएका छन्। मन्त्री तामाङको काठमाडौं महानगरपालिका ९ मा ६ आना जग्गा छ। प्रदेश नम्बर १ की सांसद समेत रहेकी राईको नाममा मोरङमा प्रशस्त जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

मन्त्री तामाङले सिन्धुपाल्चोकको सिन्धुकोटमा पाखोबारी र खेतहरु आफ्नो नाममा रहेको देखाएका छन् पत्नी उषाकलाको नाममा मोरङमा सात कित्ता जग्गा रहेको उल्लेख गरेका छन्। मन्त्री तामाङका श्रीमती राईको नाममा खोटाङमा पुर्खेउली जग्गा छ। खोटाङ माइती रहेकी राई त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापकसमेत हुन्।

यसैगरी, मन्त्री तामाङको सम्पत्ति विवरणमा ३० तोला सुन रहेको देखाइएको छ भने बिभिन्न संस्थाको गरी १५ लाख बराबरको शेयर रहेको देखाइएको छ।

७० लाख ऋण

मन्त्री तामाङले विभिन्न बैंक तथा व्यक्तिहरुमा समेत गरी ७० लाख ऋण रहेको देखाएका छन्। जसअन्तर्गत कृषि विकास बैंकबाट ४० लाख र अन्य बैंक तथा व्यक्तिहरुमा गरी ३० लाख गरी जम्मा ७० लाख रुपैयाँ ऋण देखाइएको छ।

मन्त्री तामाङको एउटा गाडी, एउटा मोटरसाइकल, २ थान ल्यापटप र २ थान मोबाइल सम्पत्ति विवरणमा देखाइएको छ।

यस्तो छ सम्पत्ति विवरण:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.