|

काठमाडौं : नेपाली साहित्यमा नयाँ उपन्यास ल्याएर प्रस्तुत भएकी छन् सञ्चारकर्मी समेत रहेकी मोडल शिवानी सिंह थारू। उनको नयाँ उपन्यासको नाम हो- काठमाडौंमा एक दिन। 

उपन्यासको आवरणको ललितपुरमा अनावरण गर्दै चैत १९ गते विमोचन गरिने प्रकाशन संस्था फाइनप्रिन्टका सञ्चालक निरज भारीले जानकारी दिए। 

नौ वर्ष लगाएर लेखेको पुस्तक विमोचनको चरणमा पुगेकोप्रति लेखक थारूले खुसी व्यक्त गरिन्। उनले 'काठमाडौंमा एक दिन' उपन्यास लेख्न नौ वर्ष लागेको समेत बताइन्। आफूले किताब लेख्न बसेपछि काठमाडौं तथा देशमा भएका राजनीतिक र सामाजिक परिवर्तनको साक्षीँ बनेको उनको भनाइ थियो। उनले भनिन्, 'अनुसन्धान गरेर नौ वर्ष लागेको हो, अनुसन्धानका क्रममा गाह्रो पनि भएको थियो।'

उनले पुस्तक राजनीतिक विषयमा रहेको संकेत गरिन्। जसमा नेपालको पछिल्लो कालको राजनीतिक परिवर्तन रहेको साहित्यकार अमर न्यौपानेले बताए। लेखक थारूले उक्त भनाइ पुष्टी गर्दै भनिन्, 'उपन्यासमा सामाजिक अन्यायमा परेको व्यक्तिमाथि भएको प्रहारलाई समाजले कसरी लिन्छ? भन्ने देखाउन खोजेकी छु।' उपन्यास पछिल्लोपटक भएको मधेसमा भएको राजनीतिक अस्थिरता र त्यसप्रति काठमाडौं अर्थात् सरकारको रवैयाकोबारेमा रहेको उनको संकेत थियो। 

उपन्यास लेख्दा पात्रको आक्रोश र आगोको जस्तो रापले आफूलाई प्रभावित पारेको थारूको भनाइ थियो।

सोमबार अनावरण गरिएको उपन्यासको आवरण नेपाली उपन्यासमा प्रयोग हुँदै आएको भन्दा नौलो भाव दिने खालको छ।

हेर्नुस् फोटो :  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.