|
File Photo

काठमाडौं : नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा पुनलाई उपराष्ट्रपतिको शपथ गराएकी हुन्।

शपथ ग्रहण कार्यक्रममा समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायम मुकायम प्रधानन्यायाधीश दीपकप्रसाद जोशी, मन्त्रीहरू, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखहरू, सांसदलगायतको उपस्थिति थियो।

पुन आइतबार उपराष्ट्रपति पदमा निर्विरोध निर्वाचित भएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.