|

काठमाडौं : गिरोह बनाएर  काठमाडौका विभिन्न स्थानबाट स्कुटर र मोटरसाईकल चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रकाउ पर्नेमा रामेछाप गोकुलगंगा गाउपालिका ६ का देवराज तामाङ, सोही ठाँउका सुकवीर तामाङ, काठमाडौं बुढानिलकण्ठ नगरपालिका ३ का रोजेश शाही सोही नगरपालिका ७ का आकाश नगरकोटी  रहेका छन्।

उनीहरूले गिरोह बनाएर चोरी गरेका  सवारी साधनको नम्बर प्लेट र स्वरुप परिवर्तन गरी वेचबिखन गर्ने गरेको प्रहरी जनाएको छ।

यो गिरोहलाई विषेश सूचनाको आधारमा आइतबार सुन्धारामा चेक गर्दा मोटरसाइकलको कागजात नभेटेपछि पक्राउ गरी अनुसन्धान गर्दा चोरीका मोटरसाइक रहेको खुलेको हो।

उनीहरूको साथबाट पाँचवटा चोरीका मोटरसाइकल बरामद भएको र थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त जनसेवाले जानकारी दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.