|

कास्की:  प्रदेश ४ अन्तर्गतका स्थानीय तहका सदस्यहरुले सेवा सुविधाको मागसहित सभामुख नेत्रनाथ अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन्। पोखरा लेखनाथ महानगरपालिकासहित विभिन्न नगरपालिका एवं गाउँपालिकाका कार्यपालिकाका सदस्यले सोमबार ज्ञापन बझाएका हुन्। 

 प्रदेशसभाले निर्वाचित कार्यापालिका सदस्यलाई वडाध्यक्ष सरहको जिम्मेवारीसहितको सेवासुविधा र पारिश्रमिकको व्यवस्था गरिनुपर्ने माग गरेका हुन्। ज्ञापनपत्रमा नगरसभा सदस्यको पनि कामअनुरुप सेवा सुविधा व्यवस्थाको माग गरिएको छ भने कार्यापालिकाका सदस्य र नगरसभा सदस्यको कार्यक्षेत्र अधिकारलाई फराकिलो बनाउन अनुरोध गरिएको छ। 

ज्ञापनपत्र बुझ्दै अधिकारीले ज्ञापनपत्रमा उठाइएका विषयलाई प्रदेशसभामा छलफल गरिने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.