|

बुटवल : प्रदेश ५ मा मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री शंकर पोख्रेलको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले तीन जना मन्त्री नियुक्त गरेका हुन्। 

मन्त्रिपरिषद्मा एमालेबाट दुई र माओवादीबाट एक जना मन्त्री थपिएका छन्। रूपन्देहीका लीला गिरी, बाँकेकी आरती पौडेल र गुल्मीका सुदर्शन बराल मन्त्री बनेका हुन्। गिरी र पौडेल एमालेबाट मन्त्री बने भने बराल माओवादी कोटाबाट मन्त्री बनेका हुन्। गिरीलाई पर्यटन तथा उद्योग मन्त्रालय, पौडेललाई कृषि मन्त्रालय र बराललाई सामाजिक विकास मन्त्रालयको जिम्मा दिइएको छ। मन्त्रीहरूलाई सोमबार नै प्रदेश प्रमुख झाले शपथ गराएका छन्। 

आर्थिक मामिला तथा योजना मन्त्रालय मुख्यमन्त्री आफैँले राखेका छन्। यसअघि माओवादी केन्द्रका कुलप्रसाद केसी आन्तरिक मामिला तथा कानुनमन्त्री र एमालेका वैजनाथ चौधरी भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन्। 

प्रदेश ५ मा फागुन ३ गते मुख्य मन्त्रीसहित तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.