|

उदयपुर : उदयपुरको कटारी नगरपालिका आगामी चैत १० गतेदेखि सुरु हुने चौथो कटारी गोल्डकपमा राष्ट्रियको तयारी पूरा भएको छ।

मूल आयोजक समितिले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो।  गोल्डकपमा राष्ट्रिय 'ए' डिभिजनका आठ टिमले सहभागिता जनाउने आयोजकले बताएको छ।

प्रतियोगितामा साहारा क्लब पोखरा, गोरखा ब्वाइज रूपन्देही, बनेपा ब्वाइज क्लब बनेपा, सरस्वती क्लब काठमाडौं, झापा ११ झापा, चर्च ब्वाइज क्लब काठमाडौं, संकटा क्लव काठमाडौं र आयोजक टिम कटारी ११ ले प्रतिस्प्रर्धा गर्ने भएको मूल आयोजक समितिका अध्यक्ष विनोद कटुवालले जानकारी दिए। कटुवालका अनुसार चौथो मेयर गोल्डकपमा प्रथम टिमले नगर ५ लाखसहित ट्रफि र प्रमाणपत्र पाउने छन्। यसैगरी दोसो हुने टिमले नगर २ लाख ५१ हजारसहित ट्रफि र प्रमाणपत्र हात पार्ने भएका छन्।

‘प्रत्येक म्यान अफ फदम्याच एक जनालाई घोषणा गरी नगद ५ हजार दिइनेछ,’ कटुवालले पत्रकार सम्मेलनमा भने, ‘उत्कृष्ट खेलाडीहरूलाई विभिन्न ब्राण्डका मोवाइल उपहार प्रदान गरिने भएको छ।’ समितिका अध्यक्ष  यसअघि प्रथम कटारी गोल्डकप आयोजना गर्दा प्रथम हुने टिमलाई १ लाख र दोस्रो हुन टिमलाई ५० हजार रुपैयाँ पुरस्कार दिँदै आएको थियो। दोस्रो कटारी गोल्डकपको पुरस्कार राशिमा भने वृद्धि गरी प्रथम हुने टिमलाई १ लाख ५० हजार र दोस्रो हुने टिमलाई ७५ हजार प्रदान गरिएको थियो।

कटारीको खेलकुद मैदानमा हुने गोल्डकपमा १२ सयजना बस्न मिल्ने गरी बाँसका प्याराफिटहरू निर्माण गरिएको छ। बाहिरी भागमा बस्न मिल्ने गरी व्यवस्था मिलाउने आयोजक समितिका कोषध्यक्ष रोहित लामाले बताए। दर्शकहरूले क्वाटरफाइनसम्मको खेल प्याराफिटमा बसेर हेर्नका लागि टिकटको व्यवस्था गरिएको छ।

कटारी नगरपालिका र साथी समूहको संयोजनमा हुने चौथो गोल्डकपमा करिब ३२ लाख खर्च हुने अनुमान गरिएको आयोजकको अनुमान छ। कटारी नगरपालिका र साथी समूहको संयोजनमा ‘स्वास्थ्य अनुशासन, राष्ट्रिय एकता र सद्भाव’ भन्ने मुल नाराका प्रतियोगिता सञ्चालन हुने छ। ०७१ सालबाट सुरु भएको पहिलो कटारी गोल्डकप विजेता झापा ११ भएको थियो।

०७२ सालमा भएको दोस्रो कटारी गोल्ड कपमा म्याइभ्याली फुटबल क्लब ईलाम विजयी भएको थियो। तेस्रो गोल्डकप २०७३ मा भएको खेलमा बेल्टार क्लबले कब्जा गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.