|

काठमाडौं : विश्वकप क्रिकेट छनोट प्रतियोगिताबाट एक दिवसीय मान्यता पाएको नेपाली टोली ऐतिहासिक सफलताका साथ स्वदेश फर्किएको छ।  एसोसिएट राष्ट्रहरूमा तेस्रो हुँदै नेपालले आगामी चार वर्षका लागि एक दिवसीय मान्यता पाएको नेपाली टिमको स्वागत गर्न खेलकुदमन्त्री जगत विश्‍वकर्मा विमानस्थल पुगेका थिए।

नेपाली खेलाडीको स्वागतमा क्रिकेट टिममा समर्थकहरू समेत विमानस्थल पुगेका थिए। नेपाली टिमलाई माला र खादा लगाइदिएर स्वागत गरिएको थियो। समूह चरणमा हङकङलाई जितेको नेपालले पहिलो प्लेअफ खेलमा पपुवा न्यूगिनीलाई हराउँदै एक दिवसीय मान्यता निश्चित गरेको हो।

हेर्नुहोस् फोटो :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.